हजुर । तपाईंले पहिचान प्रमाणीकरण (Identity Verification Aunthentication) प्रक्रिया पूरा गरेपछि सिमको लागी सजिलै Sign up गर्न सक्नु हुन्छ।
+ Bank A/C Verification: तपाईको बैंक खातामा 1 Won जम्मा गरिन्छ l
+ Joint Certificate: Naver/PASS/Toss/Payco
+ Credit card (Debit card बाट मिल्दैन )
तपाईंले दिनमा पाँच पटक मात्र प्रमाणीकरणको लागि अनुरोध गर्न सक्नु हुन्छ।
1 दिनमा यदि 5 पटकभन्दा बढी Authentication Error / unsucessful भएमा तपाईंले सो दिन नम्बरलाई अन्य टेलिकम/ प्लानमा फेर्न (transfer) गर्न मिल्दैन l
यस्तो अवस्थामा, तपाईंले Authentication request गर्न र नम्बर transfer गर्नको लागि अघिल्लो दिनसम्म पर्खनु पर्छ।
1. QQ010 Homepage मा जानु होस् ।
2. चाहे अनुसारको Plan छान्नुहोस्।
3. Sign up गरि Log in गर्नुहोस्।
4. Application form भर्नुहोस्।
5.तपाईंलाई Verification Call जाने छ l कल उठाउनु होस् l
6. USIM डेलिभरीको लागि पठाइने छ ।
- Korean: (नम्बर ट्रान्सफर मात्र ) - आफैले USIM दर्ता र activate गर्नु पर्ने छ ।
- Foreigner : (Prepaid /Postpaid - नयाँ नम्बर / नम्बर ट्रान्सफर ) - दर्ता र Activation पछि USIM पठाइनेछ l
7. USIM प्राप्त गरि प्रयोग गर्नु होस् l
- Korean - USIM प्राप्त गरेपछि नम्बर दर्ता र activate गर्न ग्राहक केन्द्रमा सम्पर्क गर्नुहोस् ।
- Foreigner: USIM प्राप्त गरेपछि USIM लाई फोनमा हाली सिधै प्रयोग गर्न सक्नु हुने छ l
तपाईंको नाममा दर्ता भएको USIM अरू कसैलाई दिन मिल्दैन । कृपया आफ्नो प्रयोगको लागि मात्र उपयोग गर्नु होला l
तपाईंले चलाई राख्नु भएको USIM मा अन्य टेलेकम / प्लान सुचारु गर्न मिल्दैन l नम्बर ट्रान्सफर गर्दा तपाईंले नयाँ टेलेकम / कम्पनीबाट सो प्लानको लागि जारी गरिएको USIM प्राप्त गर्नु हुने छ l सोहि नम्बरको नयाँ सिम जारी हुने हुन्छ l
जब नम्बर नयाँ नेटवर्कमा परिवर्तन हुन्छ, पछिल्लो टेलिकम / क्यारियरबाट प्राप्त सबै लाभहरू हराउने छन् l
!! कृपया टेलिकमलाई नम्बर Cancel वा बन्द गर्नको लागि नभन्नु होला l यसो गर्दा तपाईले चलाई राख्नु भएको नम्बर Delete भई प्रयोग गर्न नमिल्ने हुने छ l !!
तपाईंले नम्बर ट्रान्सफर गर्दा , अघिल्लो टेलिकममा तपाईंको नम्बरसँग सम्बन्धित सेवाहरू स्वचालित रूपमा समाप्त हुने छन् र नयाँ टेलिकम नेटवर्कमा सारिनेछन्। तपाईंले टेलिकमसँग छुट्टै request दिनु पर्दैन ।तिर्न बाँकी कुनै बिलहरु भएमा त्यो चाहिं क्लिअर गर्नु पर्ने हुन्छ l
011, 016, 017, 018, 019 बाट सुरु हुने नम्बर बाहेक अन्य नम्बरहरु ( Prepaid र Postpaid )लाई तपाईंले नयाँ टेलिकम / क्यारिएर /प्लानमा सजिलै सार्न गर्न सक्नुहुन्छ l यसरी टेलिकम कम्पनी / प्लान फेर्दा terms & condition हरु लागू हुन्छन् l कृपया ग्राहक सेवामा सम्पर्क गरेर बुझ्नु होला l
Prepaid Sim दर्ता गर्नु भएमा छुट्टै शुल्क नलाग्ने हुँदा तपाईंले जहिले signup गर्दा नि हुन्छ l Sim अनुसार प्रत्येक 30 दिनमा रिचार्ज गर्दै चलाउनु सक्नु हुन्छ l
Postpaid Sim दर्ता गर्नु भएमा दर्ता गरिएको दिनबाट दैनिक दरको आधारमा बिल गणना गरिन्छ। (अतिरिक्त सेवाहरू पनि दैनिक आधारमा शुल्क लगाइन्छ।)
MVNO (알뜰폰) कम्पनीहरूले MNO (SK/KT/LGU+) बाट सञ्चार नेटवर्क तथा सेवाहरू प्रयोग गरेर नयाँ सेवा सञ्चालन गर्छन्। MNO र MVNO (알뜰폰) कम्पनीका उत्पादन/ सेवाहरू बीचको गुणस्तरमा कुनै भिन्नता छैन।